नेपाल बैंकको सेवा बिहानदेखि बेलुकासम्म
२६ असोज । दसैँको समयमा ग्राहकले घन्टौँसम्म लाइन लाग्ने समस्या भएपछि नेपाल बैंक लिमिटेड पर्वतले बिहानदेखि बेलुकासम्म सेवा सुरु गरेको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राखेर सो बैंकले बिहान ९ बजेदेखि बेलुका ग्राहक रहेसम्मका लागि सेवा सुरु गरेको हो ।
बैंकले दिएको जानकारीअनुसार बिहान ९ बजेदेखि नै कार्यालय सुरु गरिएको छ भने बेलुका बैंकमा ग्राहक भएसम्म बन्द गरिँदैन ।
अघिल्ला वर्षहरुमा दसैँको समयमा बैंकमा चेक सटहीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न बिहानदेखि बेलुकीसम्म सेवा दिन थालिएको बैंकका शाखा प्रबन्धक यज्ञमूर्ति बस्यालले बताउनुभयो । “ग्राहकले चेक सटहीका लागि घन्टौँसम्म लाइनमा बस्न नपर्ने गरी व्यवस्था मिलाएका छौँ” – उहाँले भन्नुभयो । रासस
तपाइँको प्रतिक्रिया ।