अध्यागमन विभागको सूचना : विजयादशमीका दिन पनि पर्यटक भिसा सेवा खुला रहने

अध्यागमन विभागको सूचना : विजयादशमीका दिन पनि पर्यटक भिसा सेवा खुला रहने

कपन अनलाइन

काठमाडौं,असोज ८ ।

अध्यागमन विभागले एक सूचना जारी गर्दै यस वर्षको विजयादशमी (२०८२ असोज १६ गते) का दिन पनि पर्यटक भिसा (Tourist Visa) सम्बन्धी सेवा सञ्चालन हुने जानकारी दिएको छ।

विभागका अनुसार विजयादशमीको दिन बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म विभागको पर्यटन भिसा शाखा र एजेंसी शाखाबाट प्रदान गरिने सेवाहरू खुला रहनेछन्। सार्वजनिक बिदाको दिन परे पनि आवश्यकताअनुसार सेवा निरन्तरता दिन व्यवस्था मिलाइएको विभागले जनाएको छ।

यसले विदेशी पर्यटक तथा सम्बन्धित एजेन्सीहरूलाई सहज हुने विभागको भनाइ छ।

विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले हस्ताक्षरित सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि आग्रह गरिएको छ।

तपाइँको प्रतिक्रिया ।