श्री युवा जनजागरण माध्यमिक विद्यालयमा गणित शिक्षकको आवश्यकता
कपन अनलाइन
काठमाण्डौ,असोज ६ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३, झुल्नेता स्थित श्री युवा जनजागरण माध्यमिक विद्यालय मा गणित विषयका लागि एक जना शिक्षकको आवश्यकता भएको विद्यालय व्यवस्थापन समितिले सूचना प्रकाशित गरेको छ।
विद्यालयको मिति २०८२/०६/०२ को निर्णयअनुसार मिति २०८२/०६/०५ गतेको विज्ञापन दरखास्त आह्वान गरी ७ दिनभित्र योग्य नेपाली नागरिकहरूले आवेदन दिन आग्रह गरिएको छ।
पद विवरण:
-
पद : शिक्षक
-
तह : माध्यमिक
-
विषय : गणित
-
संख्या : १
शैक्षिक योग्यता:
मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषयमा कम्तीमा स्नातक तहको उपाधि प्राप्त गरेको र स्थायी अध्यापन अनुमतिपत्र (मा.वि. तह) भएको हुनु पर्नेछ।
उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
अन्य विवरण:
-
परीक्षा दस्तुर : रु १५००
-
परीक्षा प्रकार : लिखित, मौखिक तथा कक्षा परीक्षण
-
दरखास्त दिने अन्तिम मिति : २०८२/०६/१२
-
पेश गर्ने स्थान : विद्यालय कार्यालय
-
सम्पर्क नं. : ९८४८७८६७५१, ९८०८१६२७१७, ९८६०५४३४५७
