लेखा अधिकृत घुस रकम सहित रंगेहात पक्राउ
कपन अनलाइन
काठमाण्डौ,असोज ३।
दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्की रंगेहात पक्राउ परेका छन।
डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत वापत रू.१,००,०००।– (एक लाख रुपैयाँ) माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
लेखा अधिकृत टंक बहादुर कार्कीलाई सेवाग्राहीसँग रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ९, मंगलगडी चोकबाट असोज २ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रिया ।
