स्मार्ट लाइसेन्स वितरण हाम्रो पहिलो प्राथमिकता हो : मन्त्री जयराम थापा
कपन अनलाइन
काठमाडौं, भाद्र २३।
बागमती प्रदेशका श्रम रोजगार तथा , यातायात मन्त्री जयराम थापाले स्मार्ट लाइसेन्स वितरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन।
२२औं निजामति सेवा दिवस को अवसरमा यातायात व्यवस्था कार्यालय,सवारीचालक अनुमतिपत्र एकान्तकुना ललितपुरमा दुई पाङ्ग्रे सवारी साधनको ब्लु बुक नवीकरण सम्बन्धी सेवा उद्घाटनमा बोल्दै मन्त्री थापाले लाइसेन्स छपाइका लागी मेसिन आइसकेको जानकारी दिदै लाइसेन्स वितरणलाई विशेष जोड दिने बताएका थिए।
मन्त्री थापाले दुई पाङ्ग्रे सवारी साधनको ब्लु बुक नवीकरण सम्बन्धी सेवाले अब एकै स्थानमा दुई र चार पाङ्ग्रे सवारीले सेवा लिन पाउने भएकोले सेवाग्राहीलाई सुविधा पुग्ने विस्वास समेत व्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।
