श्री भद्रकाली आधारभूत विद्यालय बुढानिलकण्ठ-६ मा शिक्षक आवश्यकता !

श्री भद्रकाली आधारभूत विद्यालय बुढानिलकण्ठ-६ मा शिक्षक आवश्यकता !

कपन अनलाइन

काठमाण्डौ,भाद्र १७।

बुढानीलकण्ठ नगरपालिका–६, खड्का गाउँमा रहेको  श्री भद्रकाली आधारभूत विद्यालयमा विज्ञान–गणित विषयका लागि शिक्षक पदमा आवेदन माग गरिएको  छ।

विद्यालयले सार्वजनिक गरेको सूचना अनुसार शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो। इच्छुक उम्मेदवारले आगामी २०८२ साउन २६ गते भित्र आवेदन दिनुपर्नेछ।

पद विवरण:

  • पद:  शिक्षक

  • तह: निम्न माध्यमिक

  • विषय: गणित तथा विज्ञान

  • आवश्यक संख्या: १

योग्यता र मापदण्ड:

  • शिक्षक सेवा आयोगले तोकेको शैक्षिक योग्यता पूरा गर्नुपर्ने

  • अध्यापन अनुमतिपत्र प्राप्त भएको हुनुपर्ने

  • उमेर: महिला ४० वर्ष र पुरुष ३५ वर्ष ननाघेको

  • दरखास्त दस्तुर: रु. १०००/-

दरखास्त दस्तुर प्रभु बैंक, हतिगौंडा शाखा, खाता नं. १०००१९९०९९०००११ मा जम्मा गर्नुपर्नेछ।

आवेदन दिनुपर्ने कागजातमा नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, अध्यापन अनुमतिपत्र, दरखास्त दस्तुर बुझाएको भौचर र व्यक्तिगत विवरणसहितको दरखास्त पत्र समावेश गर्नुपर्नेछ।

परीक्षा लिखित तथा अन्तर्वार्ता मार्फत हुनेछ। सम्पर्क मिति २०८२/०४/२७ गते तोकिएको छ।

विद्यालय प्रशासनले योग्य तथा इच्छुक उम्मेदवारलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।