प्रहरी प्रभाग बुढानीलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा मन्दिर परिसर सरसफाइ

प्रहरी प्रभाग बुढानीलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा  मन्दिर परिसर सरसफाइ

प्रहरी प्रभाग बुढानीलकण्ठ,गोलिमाण्डु ,सामुदायिक प्रहरी सेवा केन्द्र बुढानीलकण्ठको संयुक्त आयोजना र नेपाल अटो मेकानिक ट्रेड युनियनको सहकार्यमा  बुढानीलकण्ठ मन्दिर परिसरमा जनचेतनामूलक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

समाजमा स्वच्छता र वातावरणीय सचेतना फैलाउने उदेश्यले आयोजना गरेको कार्यक्रमका  सहकार्यकर्ताको तर्फबाट सरोज श्रेष्ठले नेपाल प्रहरीको योगदानको प्रशंसा गर्दै भने, हरपल समाजका लागि खटिने नेपाल प्रहरीलाई उच्च सम्मान व्यक्त गरेका छन।

कार्यक्रममा स्थानीय नागरिक, प्रहरी कर्मचारी र अटो मेकानिक ट्रेड युनियनका सदस्यहरूले सामूहिक रूपमा सरसफाइ गतिविधिमा भाग लिएका थिए । यस अभियानले बुढानीलकण्ठ क्षेत्रको स्वच्छता र नागरिक सचेतनामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बुढानीलकण्ठका स्थानीय समुदायका प्रतिनिधि र प्रहरी अधिकारीहरूले पनि उपस्थित भएर सरसफाइ अभियानमा सहभागिता जनाएका थिए ।

तपाइँको प्रतिक्रिया ।