कपन साहित्य समाजको मासिक काब्य वाचन प्रारम्भ
कपन अनलाइन
काठमाडौं,भाद्र ७ ।
कपन साहित्य समाजले १६० औं मोती जयन्तीको अवसर पारेर मासिक काब्य वाचन प्रारम्भ गरेको छ।
प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गरिने कार्यक्रम अन्तर्गत आजको पहिलो श्रीङ्खलामा प्रा जगत प्रेक्षित, प्रा. डा. हेमनाथ पौडेल, मित्रलाल पंङ्गेनी, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, अनिता लामा, विकल त्यागी, भारद्वाज मित्र, प्रा डा बद्री विशाल पोख्रेल, बिसु के सी, दुर्गा अधिकारी ‘भमरकोटे’ लगायत २७ जना स्थापित एवम् नवोदित कविहरूले रचना बाचन गरेका थिए।
समाजका अद्यक्ष गणेश कुमार मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमूख आतिथ्यता बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका थिए थियो।
समाजका महासचिव लक्ष्मण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा समाजका सचिव एवम् मासिक काव्यवाचन कार्यक्रम संयोजक त्रिलोचन आचार्यले उपस्थित कविहरुलाई स्वागत गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभापति गणेश कुमार मिश्रले उपस्थित साहित्यकारहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै हरेक महिनाको पहिलो शनिबार नियमित गरिने काब्य वाचनमा सक्रिय सहभागिताको लागि अनुरोध गरेका थिए ।
