१९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबलमा स्वेता सदन र जिनियस विजयी
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
स्वेता सदन र जिनियस वल्र्डले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन्।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा स्वेता सदनले सरस्वतीलाई ४२–३३ ले पराजित ग¥यो । स्वेता सदनको जितमा सुमित श्रेष्ठले २५ अंक योगदान गरे । प्रत्युश मगरको १५ अंक सहयोगमा जिनियसले तेजस्वीलाई ५१–४५ ले हरायो ।
सिनियर ब्वाइजमै टीआईएले सेबलाई ४५–३५, किङडमले जेबी स्कुललाई ४१–३७ र लालीगुराँस नेसनल एकेडेमीले एचएचसीएलाई ३७–३३ ले पाखा लगाए । टीआईएका रोशन नगरकोटीले १८, किङडमका पेम्बा तामाङले १२ र लालीगुराँसका प्राण मल्लले १२ स्कोर गरे ।
जुनियर ब्वाइजमा लालीगुराँसले हिमालयलाई १९–१० तथा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले ज्ञान संस्कारलाई २६–१८ ले पन्छाए । लालीगुराँसका लक्ष्मण बुढा तथा बीएनएका सुप्रिम बस्नेतले समान ८–८ अंक बटुले ।
सिनियर गल्र्समा टीआईएले बीएनएलाई १९–१४, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान संस्कारलाई २५–१८ र फेरिल्यान्डले क्यान्भास ऋतु बसन्तलाई १८–१० ले पराजित गरे । टीआईएकी शुभश्री सोनमले १४, इबीएकी अनामिका पटेलले १६ र फेरिल्यान्डकी करुणा बोगटीले ९ अंक जोडे ।
