तेश्रो न्यु जेनिथ कप : ग्यालेक्सी पब्लिक क्वाटरफाइनलमा

तेश्रो न्यु जेनिथ कप : ग्यालेक्सी पब्लिक क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

ग्यालेक्सी पब्लिक स्कुल तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा ग्यालेक्सीले राराहिललाई ९–३ ले पराजित ग¥यो । ग्यालेक्सीकी झाङजोम डोल्कीले ४ स्कोर गरिन् ।
यससंग सिनियर गल्र्सको क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनलमा ग्यालेक्सीको भेट युरो स्कुलसंग हुनेछ । अन्य क्वाटरफाइनल स्वर्णिम र रेडियन्ट पब्लिक, केसीसीएस र राराहिल तथा रिब्स र जेसिसबीच हुनेछ ।
सिनियर ब्वाइजमा ब्राइट होराइजनले नवोदितलाई ४०–१६, कश्यपले गुरुकुलमलाई ३६–२६, राराहिलले ग्यालेक्सीलाई ४४–४२ र युरोले हार्टल्यान्ड एकेडेमीलाई २८–२१ ले हराउदै प्रिक्वाटरफाइनलमा पुगे । ब्राइट होराइजनका मनताराले १३, कश्यपका इशान तिमिल्सिनाले २४, राराहिलका कृष्ण विकले १८ र युरोका स्पर्श प्रधानले १६ अंक जोडे ।
सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । प्रिक्वाटरफाइनल पिपुल्स एकेडेमी र आनन्दकुटी, आयोजक न्यु जेनिथ र कश्यप, मनास्लु र पुष्पसदन, स्वर्णिम र ग्यालेक्सी, राराहिल र बेबी एन्जल, ब्राइट होराइजन र युरो, ज्ञान निकेतन र भ्याली भ्यु तथा कन्स्टिलेसन र एनआईसी एकेडेमीबीच हुनेछ ।
न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा चेल्सी वल्र्ड स्कुलले मनास्लुलाई ४–१, एआईले एभीएमलाई २–०, रेडियन्टले ब्रम्हकुञ्जलाई ३–२ (टाइब्रेकर) र बेसिक लर्निङले त्रियोगलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१३ मा प्याराडाइसले रिब्सलाई १–०, ब्राइट होराइजनले एआईलाई २–१, हार्टल्यान्डले ग्यालेक्सीलाई ३–० र विद्यावाणीले निसर्ग वाटिकालाई ५–२ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । यु–१६ मा रिब्सले हार्टल्यान्डलाई ३–२ (टाइब्रेकर), ब्रम्हकुञ्जले निर्मल ज्योतिलाई ४–०, निसर्गले ग्यालेक्सीलाई १०–९ (टाइब्रेकर) र मनास्लुले ग्रिन भिलेजलाई २–० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे ।

तपाइँको प्रतिक्रिया ।