बुढानीलकण्ठ नगरवासीले अब QR Scan मार्फत सजिलै राजस्व तिर्न सक्ने
कपन अनलाइन
काठमाडौं ,भाद्र ५ ।
बुढानीलकण्ठ नगरपालिकाले राजस्व भुक्तानीलाई थप सरल र व्यवस्थित बनाउन QR Scan प्रणाली लागू गरेको छ । अबदेखि नगरपालिकाअन्तर्गतका १३ वटै वडा कार्यालय र बुढानीलकण्ठ नगर अस्पतालमा सेवा लिँदा वा राजस्व तिर्दा मोबाईल बैंकिङ प्रयोग गरी सहज रूपमा रकम भुक्तानी गर्न सकिनेछ ।
नगरपालिकाले जनतालाई ‘स्मार्ट सेवा, सजिलो भुक्तानी’ को अवधारणा अघि सार्दै QR को प्रयोग अनिवार्यरूपमा सुचारु गरेको हो ।
यसका लागि सेवा लिने व्यक्तिले मोबाईल बैंकिङ एप खोल्ने, सम्बन्धित काउन्टरमा उपलब्ध गराइएको QR कोड Scan गर्ने र भुक्तानी गर्ने प्रक्रिया पूरा गरेपछि रकम तुरुन्तै भुक्तानी हुने व्यवस्था मिलाइएको छ ।
नगरपालिकाले डिजिटल भुक्तानी प्रणालीले पारदर्शिता र उत्तरदायित्वमा वृद्धि गर्ने विश्वास लिएको छ ।
साथै यसले सेवा लिने नागरिकलाई काउन्टरमा लामो समय बस्नुपर्ने बाध्यता घटाउने अपेक्षा लिएको नगरपालिकाले जानकारी दिएको छ ।
