ज्ञान निकेतन र पिपुल्स एकेडेमीको जित
कपन अनलाइन
काठमाडौं , भाद्र ५।
ज्ञान निकेतन र पिपुल्स एकेडेमीले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।
ज्ञान निकेतनले हार्टल्यान्ड एकेडेमीलाई ५८–४५ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा सवाज मन्सुरले ३१ अंक योगदान गरे । अकिलेशको १८ अंक सहयोगमा पिपुल्सले गुरुकुलमलाई ३२–१० ले हरायो ।
सिनियर ब्वाइजमै आयोजक न्यु जेनिथले आनन्दकुटीलाई २४–१८, नवोदितले भ्याली भ्युलाई ४७–३६, मनास्लुले एनआईसी एकेडेमीलाई ३८–२९, ग्यालेक्सी पब्लिक स्कुलले वीरसेबालाई १७–१५ र कन्स्टिलेसनले पुष्पसदनलाई ५७–५१ ले पाखा लगाए । न्यु जेनिथका राज रौनियारले ८, नवोदितका आदेशले १८, मनास्लुका भविक गुरुङले २३, ग्यालेक्सीका सुयोग श्रेष्ठले ७ र कन्स्टिलेसनका सुदिन तामाङले २९ स्कोर गरे ।
सिनियर गल्र्समा जेसिसले पुष्पसदनलाई २२–९ तथा ग्यालेक्सीले न्यु जेनिथलाई ३४–३ ले पन्छाए । जेसिसकी अनिभा महर्जनले १४ तथा ग्यालेक्सीकी न्यान्सी श्रेष्ठले १० अंक बटुले ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथमा भइरहेको प्रतियोगिताको यु–१३ ब्वाइज फुटसलमा प्याराडाइस रिडर्स, ग्यालेक्सी, हार्टल्यान्ड, रिब्स, एआई स्कुल, निःसर्ग वाटिका, विद्यावाणी र ब्राइट होराइजनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
