लीड्स नेपालको प्रथम अन्तरविद्यालयीय जूनियर तीज नृत्य प्रतियोगिता हुँदै

लीड्स नेपालको प्रथम अन्तरविद्यालयीय जूनियर तीज नृत्य प्रतियोगिता हुँदै

कपन अनलाइन

काठमाडौं , भाद्र ४ ।

लिड्स नेपालको आयोजनामा २०८२ साल भदौ ५ गते बिहीबार बिहान ११:३० बजे भ्याली पब्लिक स्कूल, बंगलमा प्रथम अन्तरविद्यालयीय जूनियर तीज नृत्य प्रतियोगिता हुने भएको छ।

कार्यक्रममा १५ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउनेछन्। लिड्स नेपालका अध्यक्ष श्री विष्णु चन्द्र अधिकारीले तीज पर्वको सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पार्दै जूनियर विद्यार्थीहरूको प्रतिभा प्रवर्द्धन र संस्कृतिको जगेर्ना गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन।

लिड्स नेपालले सम्पूर्ण विद्यालय, शिक्षक तथा सरोकारवालालाई कार्यक्रममा उपस्थित भई उत्साहवर्धन गर्न अनुरोध समेत गरेको  छ।

तपाइँको प्रतिक्रिया ।