तेज विनायक माध्यमिक विद्यालय कागेश्वरीमा शिक्षक आवश्यकता ।

तेज विनायक माध्यमिक विद्यालय कागेश्वरीमा  शिक्षक आवश्यकता ।

कपन अनलाइन

काठमाडौं , भाद्र ४ ।

तेज विनायक माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा–८, गोठाटारले एक जना गणित शिक्षकको आवश्यकता भएको सूचना प्रकाशित गरेको छ। विद्यालयले मिति २०८२ साउन ९ गते जारी गरेको सूचनामा माध्यमिक तह (नगरपालिका करार) गणित शिक्षकका लागि दरखास्त आह्वान गरेको हो।

सूचना अनुसार इच्छुक उम्मेदवारले गणित विषयमा एम.एस.सी वा सो सरह उपाधि हासिल गरेको हुनुपर्नेछ। उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिकले मात्र आवेदन दिन पाउने छन्।

आवेदन दिने अन्तिम मिति २०८२ साउन १५ कार्यालय समयभित्र तोकिएको छ। आवेदन दस्तुरका लागि विद्यालयको नाममा नेपाल बैंक लिमिटेडको खाता नं. ००१००२००००५२६०००००१ मा रु. २,००० जम्मा गर्नुपर्नेछ। साथै, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, फोटोसहित दरखास्त बुझाउनुपर्ने विद्यालयले जनाएको छ।

परीक्षाको मिति, स्थान र समय पछि जानकारी गराइने विद्यालयले जनाएको छ।

अधिक जानकारीका लागि विद्यालय प्रशासन वा फोन नं. ९७६५९६२१५५ मा सम्पर्क गर्न सकिने विद्यालयका प्रधानाध्यापक आनन्द कुमार श्रेष्ठले जानकारी दिएका छन्।

तपाइँको प्रतिक्रिया ।