एमाओवादी सल्लाहकार नेम्वाङको निधन

एमाओवादी सल्लाहकार नेम्वाङको निधन

काठमाडौं, १८ असोज । एकीकृत नेकपा (माओवादी)ले केन्द्रीय सल्लाहकार समिति सदस्य धीरेन्द्रविक्रम नेम्वाङको निधनले पार्टीलाई गम्भीर क्षति भएको जनाएको छ ।

सो पार्टीका महासचिव कृष्णबहादुर महराले आज एक विज्ञप्ति प्रकाशित गरी पाँचथरबाट कम्युनिस्ट आन्दोलनको उच्च तहमा पुग्ने नेम्वाङको निधनबाट एमाओवादीलाई ठूलो क्षति पुगेको बताउनुभएको छ ।

निजामती अस्पतालमा उपचारका क्रममा नेम्वाङको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । एमाओवादीले आज पार्टी केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा महासचिव महराले पार्टीको झन्डा ओढाउनुभएको थियो ।

नेम्वाङका श्रीमती र दुई छोरी हुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया ।