गगन, गति र गन्तव्य–१ : सेरिन नेटवर्क मार्फत गगन कुमार थापाका चार सन्देश (सुदर्शन आचार्य)

गगन, गति र गन्तव्य–१ : सेरिन नेटवर्क मार्फत गगन कुमार थापाका चार सन्देश (सुदर्शन आचार्य)

कपन अनलाइन

काठमाडौँ, भाद्र १ ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापातिर औल्याउँदै म्यागासेसे पुरस्कारबाट पुरस्कृत वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले भनेका

थिए – ‘मलाई गगनकुमार थापाबाटै देश परिवर्तन हुन्छ भन्ने आशा छ ।’ डा. रुइतको नेता थापा बारे थप कथन थियो – ‘यहि सिस्टमबाट गगनजीहरुबाटै परिवर्तन सम्भव छ, किनकी उहाँमा अद्भूत क्षमता र कार्यदक्षता पाए ।’

तिनै ‘गगन’ श्रावण २५ गते ‘सेरिन नेटवर्क’द्वारा आयोजित ‘युवा र गगन’ नामक कार्यक्रममा सयौं युवा माझ प्रस्तुत भए । सयौं युवाद्वारा सिस्टमेटिक तरिकाले सोधिएका दर्जनौं प्रश्नमा उनीमा कहि पनि रत्तिभर अलमल थिएन । लोकतन्त्रवादी युवा रोहन न्यौपानेको संयोजनमा भएको कार्यक्रममा शालिनता साथ प्रस्तुत भएका नेता ‘गगन’ले आाफ्नो निर्वाचन क्षेत्रबाट राष्ट्रिय राजनीतिमा चार सन्देश दिए ।
युवा पलायनको मुद्दा :
युवा पलायनको मुद्दा अवसरसंग जोडिएको मुद्दा भएको थापाको भनाई छ । युवा पलायनको मुद्दालाई फराकिलो ढंगले बहस गर्न जरुरी छ । उदाहरणको रुपमा नेता थापाले भुटानको उदाहरण प्रस्तुत गर्दै भने – भ्रष्टाचार न्यूनिकरणदेखि विकासका दृष्टिले भुटानले गज्जब प्रगति गरेको छ । नेपालको विकासका सन्दर्भमा नेपालीले देखेको सपना बराबर सबै काम भुटानले गरेको छ । तर, भुटानका प्रधानमन्त्रीले केही दिन अघि भने – ‘अव निर्वाचनमा भोट माग्न थिम्पु होइन, सिड्नी जानु पर्ने अवस्था आयो ! किनकी, मेरो देशका युवाहरु थिम्पुमा भन्दा बढी सिड्नीमा छन् !’ युवा पलायन मान्ने हो भने किन भुटानबाट तेति ठूलो संख्यामा युवा विदेशिय होलान् ? किनकी, नेपालको माानिस अवसरको लागि रोमानिया जाँदै गर्दा रोमानियाका मानिस अवसरकै लागि युरोपका विकसित मुलुकमा पुग्ने गर्दछन ।
नेता थापाको प्राथमिकता बारे भने – मेरो प्राथमिकता अष्ट्रेलियामा जान सोचिरहेका युवालाई स्वास्थ्य, सामाजिक सुरक्षा लगायतको ग्यारेन्टी सहित एउटा सवारी साधनसहित खरिद गरेर यही चढ्न सक्ने बनाउँदै मासिक ८०–९० हजार आम्दानीसहित न्यूनतम आवश्यक्ता पुरा गर्न सक्ने बनाउने हो । त्यो अवस्थामा मात्र बल्ल मेरो कुरा आजको युवा पुस्ताले सुन्छ ।

मेरो प्राथकिता त्यही हो । आज म त्यही कामको लागि ‘प्रोजेक्ट गभर्मेन्ट’ भनेर काम गरिरहेको छु । विकास सन्दर्भमा पनि म ‘ल मेकर’ भएपनि जनताबाट अनुमोदित हुँदै गर्दा भौतिक संरचना, बाटो–घाटो तथा शिक्षा, स्वास्थ्य लगायत प्रति मेरो दायित्व रहन्छ । जनताको विकास गरिदियोस् भन्ने अपेक्षा हामी प्रति नै छ ।
‘होप क्रेट’को सन्दर्भ :
रहर लाग्दा युवाद्वय गौरव खरेल र राष्ट्रिय वाणिज्य बैंकमा एशिस्टेण्ट मेनेजरमा कार्यरत युवराज पाण्डेको प्रश्न थियो – तपाईले प्रतिनिधित्व गर्ने पार्टी नेपाली कांग्रेसले बहुमत ल्यायो र तपाई त्यो बखत संसदिय दलको नेता पनि बन्न सक्नु भयो भने तपाई प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ, तपाई प्रधानमन्त्री बन्दै गर्दा राष्ट्र निर्माणमा तपाईसंग राष्ट्रले के अपेक्षा गर्ने ? उक्त प्रश्नको जवाफ दिँदै नेता थापाले भने – हिजो मैले संगै फुटवल खेलेका युवा साथी आज नेपालमा छैन् । हिजोका मितिमा युवामा खास समस्या कहाँ छ भनेर समस्या पहिचान हामीले गर्न सकेनौं । तर, आज हामीलाई थाहा छ, टेक्नोलोजी र अवसरकै कारण युवा आज बाहिरिएका हुन् । उनलाई नेपालमै अवसर सिर्जना गर्न सकिन्छ । सकिन्छ मात्र होइन, ‘मिसन रोजगारी’ भन्ने विषय हामी स्वयम् अहिले ‘रिसर्च’ गरिरहेका छौं ।
दोस्रो कुरा हिजो मैले नै किर्तीपुरको डाडोमा बसेर एउटा ल्यापटप लिएर काम गर्दा मासिक लाखौं कमाउन सकिन्छ भन्दै गर्दा किर्तीपुरको डाडोको विषयलाई विम्बको रुपमा लिएर ‘ट्रोल’ बनाइयो ! तर, आइटी क्षेत्रबाट मनग्गे कमाई गर्न सकिने विषय आज पुष्टि भैसकेको छ । आइटी क्षेत्रमा पनि समस्या छ, त्यसको समाधानमा हामी लागिरहेका छौं ।

आइटी क्षेत्रकै उद्यमीले हामीलाई नै नेपालबाट वैधानिक बाटोबाट डलर विदेश लगेर कम्पनी खोल्ने बाताबरण बनाइदिनुस् भने हामीले त्यो बातावरणका निम्ति संसदबाट कानुन बनाएर राष्ट्र बैंकसंगको समन्वयमा नियम समेत बनाई कार्यान्वयनमा गैसक्यो । हामी अर्थात म प्रधानमन्त्री हुँदै गर्दा मैले ‘होप क्रेट’ गर्ने हो ।

कोरिया गएर दुई अढाई लाख कमाउनेलाई आजै रोक्न नसकिएपनि कतार गएर विस, तिस हजार कमाउनेका लागि नेपालमानै त्यति कमाउने सक्ने वातावरण बनाउन सकिन्छ । उद्योग कल कारखाना तथा आईटी हुँदै शिक्षा क्षेत्रमा लगानी गर्नेका लागि लगानी योग्य वातावरण निर्माण गर्न सकिन्छ । यी सामान्य उदाहरण मात्र हुन् । देश निर्माणको खाकाका निम्ति ‘प्रोजेक्ट गभर्मेन्ट’मा म लागि रहेको छु ।
कानुन निर्माणको सन्दर्भ :
संसदमा हाम्रो प्रतिनिधित्व ‘ल मेकर’का रुपमा भएको हो । कानुन संशोधनकै सन्दर्भमा पनि करिव १ सय वटा कानुन संशोधन यो विचमा हामीले ग¥यौं । नेपालकै इतिहासमा यो पहिलो पटक थियो । त्यसको ‘इम्प्याक्ट’ देखिदै जान्छ । भोलीका मितिमा पनि कानुन निर्माणकै सन्दर्भमा पनि हाम्रो कृयाशिलता आजको भन्दा दोब्बर रहन्छ ।

देशैभरका युवाले आफ्नो ‘ढुकढुकी’का रुपमा लिएका नेता थापाले अमेरिका तथा भारत लगायतका देशमा ती देशका नेतृत्वले सचिवालय नै निर्माण गरेर जनताको काम तथा कानुन निर्माणको सन्दर्भमा काम गरिरहेको देखेर नै आफुले पनि विकास, कानुन निर्माण, भेटघाट लगायतलाइृ सहज बनाउन ‘सांसदको कार्यालय’ खोलेरै भेटघाटलाई समेत निरन्तरता दिन ‘सेड्युल’ निर्माण गरेको बताइरहँदा ‘सेरिन’को कार्यक्रम उपस्थित युवामा आशाको सञ्चार देखिन्थ्यो । थापाको कथन थियो – ‘आफु नेपाली कांग्रेसको महामन्त्री समेत रहेकाले देशैभर विकास र संगठन सम्बन्धि चासो तथा देश दौडाहामा रहनु परेकाले आफ्नै क्षेत्रका युवासंगको संवादलाइृ निरन्तरता दिन नसकिएको विषय आफ्नो त्रुटी भएको म स्वीकार गर्दछु । थापाको यही विचमा थप प्रतिवद्धता भने आगामी दिनमा स–साना विषयमा समेत निर्वाचन क्षेत्र तथा उक्त क्षेत्रका युवासंग राय लिने थियो ।
टाउन हलको सन्दर्भ :
पार्लियामेन्टमा आफुले खेलेको रोल, कानुन निर्माण सन्दर्भमा देखाएको कृयाशिलतासंगै कानुन संशोधन लगायतका मुद्दाका विषय र मुल कानुन निर्माणका सन्दर्भमा समेत यसैगरि ‘टाउन हल’ सम्वाद गर्ने प्रतिवद्धता नेता थापाको थियो । भोलीका मितिमा यो प्रकारको ‘टाउन हल’ सम्वादलाई निरन्तरता दिएर युवाहरु बिच जोडिने र राय लिने कुरालाई आफुले प्राथमिकतामा राख्न चाहेको समेत सुनाए । आज मुलुकमा असन्तोष प्रकट गर्ने ठाउँहरु धेरै छन् । ती यावत विषयसंगै मुलुक निर्माणको मार्गचित्रका सन्दर्भमा मुलुकका युवा तथा आफ्नो निर्वाचन क्षेत्रका मतदातासंग जोडिदा आफुलाई उर्जा प्राप्त भएको महसुस समेत गर्ने गरेको नेता थापाको भनाई छ ।
समग्रमा, सेरिन मार्फत दिइएको सन्देश :
आसन्न निर्वाचन पश्चात कांग्रेस पार्टीको सभापति र मुलुकको प्रधानमन्त्रीको रुपमा बुझिएका काठमाडौं क्षेत्र नम्बर ४ का सांसद तथा कांग्रेस नेता गगन कुमार थापाले ‘सेरिन नेटवर्क’ मार्फत काठमाडौं क्षेत्र नम्बर ४ मै ‘सेरिन नेटवर्क’ले आयोजना गरेको कार्यक्रममा माथि उल्लेखित ४ सन्देश दिए । पहिलो सन्देश थियो – युवा पलायनको मुद्दा, उक्त मुद्दालाई आफुले नजिकबाट बुझेको र अध्ययन समेत गरेकाले टेक्नोलोजी र अवसका लागि विदेशिने युवालाई ति अवसर दिलाउन आफुले ‘रिसर्च’ गरिरहेको बताए ।

दोस्रो सन्देश थियो – होप क्रेट, होप क्रेट गरेरै नेपालमा काम गर्ने वाताावरण निर्माण गर्न सकिने बताएर ‘प्रोजेक्ट गभर्मेन्ट’ नाम दिएर लामे समयदेखि आफुले त्यो विषयमा पनि अध्ययन गरिरहेको बताए ।

तेस्रो थियो – कानुन निर्माण, कानुन निर्माणका लागि आफ्नो संसद प्रतिनिधित्व भएको बताएका थापाले सयौं कानुन संशोधनका विषयमा आफु सफल पनि भएको बताउँदै आगामी दिनमा कानुन निर्माण तथा संशोधनको एजेण्डामा यस्तै ‘टाउन हल’मा युवासंग साक्षात्कार गर्ने समेत बताएर युवाको आवश्याक्ता र औचित्य समेत पुष्टि गरिदिए ।

चौथो सन्दर्भ थियो – देश निर्माण, कानुनमा पर्याप्त संशोधन गरि लगानी वातावरण निर्माण गरेर नयाँ नेपाल निर्माण गर्न सकिन्छ । यही देश निर्माणमा लाग्न युवालाई पनि यहि देशमा वस्नु पर्दछ भन्ने मान्यता निर्माणमा आफु लागि परेको बताए । नेता थापाले जसका निम्ति ‘प्रोजेक्ट गभर्मेन्ट’मा आफु काम गरिरहेको मात्र बताएनन् । युवामाझ पटक–पटक बस्न र काम गर्न चाहेको समेत सुनाए । संवादका क्रममा नेता थापाले छोटै समयमा पनि राष्ट्र निर्माणको स्पष्ट खाका प्रस्तुत गरे ।
डा. सन्दुक रुइतले भने झैं देश परिवर्तनका आशा आजको मितिमा ‘गगन’हरु प्रति नै छ । तिनै गगनले भन्दै आएका छन् – राजनीति दलले समेत हरेक विषयमा गहिरो छलफल गर्न र निस्कर्षमा पुग्न जरुरी छ । संगै, पार्टी भित्रको पुरानो संरचनाको ‘चक्रव्यूह’लाई चिर्न आजका मितिमा ‘गगन’हरुलाई हम्मे हम्मे देखिएपनि समयक्रमले त्यो चक्रव्यूहलाई तोडी छाड्ने छ ।

एमालेमा केपी शर्मा ओली, माओवादीमा प्रचण्ड र कांग्रेसमा शेरबहादुर देउवाद्वारा रचित ‘चक्रव्यूह’ तोडेर उहाँहरुलाई विश्राम दिलाउन नसक्दासम्म ‘गगनयुग’ आरम्भ मुस्किल छ ।

माथि उल्लेखित सबै योजना कार्यान्वयनका लागि मुलधारका दलमा पार्टी र संसदिय दलमाा देखा परेको ‘चक्रव्यूह’ तोड्न ‘गगन’हरुलाई एकोहोरो सकेनौ भनेर आरोप लगाएर मात्र हुन्न । उक्त ‘चक्रव्यूह’ तोड्ने तहसम्म पुर्याएर  ‘राज्य र पार्टी’को कार्यभार सुम्पने दायित्वका लागि बल प्रधान गर्ने देशैभरका युवाले हो । त्यो तहको अपेक्षा समेत झल्किन्थ्यो ‘सेरिन’को ‘टाउन हल’ सम्वाद ।

तसर्थ, युवाले प्रश्न मात्र गरेर हुन्न, देशभित्रै रहेर पोखरी सफा गर्न पोखरी भित्रै पश्न पनि जरुरी देखिन्छ । तवमात्र युवा स्वयम्ले परिकल्पना गरेको नेपाल निर्माण सम्भव छ ।

 

तपाइँको प्रतिक्रिया ।