बुढानिलकण्ठ -११ मा एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि सम्मान, परामर्श तथा संवाद कार्यक्रम हुने

बुढानिलकण्ठ -११ मा  एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि सम्मान, परामर्श तथा संवाद कार्यक्रम  हुने

 

कपन अनलाइन

काठमाडौं , साउन १५।

नेकपा (एमाले) बूढानीलकण्ठ नगरपालिका–११ नं. वडा कमिटीको आयोजनामा एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि ‘सम्मान, परामर्श तथा संवाद कार्यक्रम’ आगामी शनिबार हुने भएको छ।

२०८२ साउन १७ गते बिहान १०:३० बजे कपनस्थित तामाङ गुठी भवन, आकाशधारामा हुने कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै भविष्य निर्माणका लागि आवश्यक परामर्श प्रदान गरिने आयोजकले जनाएको छ।

विद्यार्थीहरूलाई प्रेरित गर्दै सही मार्गदर्शनका साथ आगामी शैक्षिक यात्रा तय गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा शिक्षा, करियर र सामाजिक उत्तरदायित्वका विषयमा संवाद गरिनेछ।

आयोजकले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई साउन १५ गतेभित्र आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेका छन्। थप जानकारीका लागि ९८५१०३२३३८४ र ९८५१०६६८१२ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

तपाइँको प्रतिक्रिया ।