कर छुट सम्बन्धी बुढानीलकण्ठ नगरपालिकाको महत्वपूर्ण सुचना !

कर छुट सम्बन्धी बुढानीलकण्ठ नगरपालिकाको महत्वपूर्ण  सुचना  !

कपन अनलाइन

काठमाडौं , साउन २।

बुढानीलकण्ठ नगरपालिका, हात्तिगौंडा, काठमाडौंले आर्थिक ऐन २०८१ अनुसार नगरवासीहरूका लागि कर छुट सम्बन्धी महत्वपूर्ण सार्वजनिक सूचना प्रकाशित गरेको छ। नगरपालिकाले सम्पत्ति कर, भूमिकर, घर जग्गा बहाल कर, र व्यवसाय करमा ५% छुटको व्यवस्था गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको हस्ताक्षरसहित २०८१ साउन २ गते जारी सूचना अनुसार, यस छुट व्यवस्था आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकसम्म लागू हुनेछ।

विवरण :

१. सम्पत्ति कर – ५% छुट
२. भूमिकर (मालपोत) – ५% छुट
३. घर जग्गा बहाल कर – ५% छुट
४. व्यवसाय कर – ५% छुट

यसका साथै, आर्थिक वर्ष २०७८/०७९ सम्म तिर्न बाँकी रहेका करहरू पनि सोही छुटका आधारमा तिर्न सकिने व्यवस्था गरिएको छ। साथै, एकल महिला, अपाङ्गता भएका व्यक्ति, साना तथा मझौला उद्यम सञ्चालन गर्ने समूह/व्यक्तिहरूलाई कुल करको १०% सम्म छुट दिने विशेष प्रावधान पनि राखिएको छ।

नगरपालिकाले करदाताहरुलाई तोकिएको समयमा कर तिरी छुटको लाभ लिन आग्रह गरेको छ।

सूचना थप जानकारीका लागि:
वेबसाइट: www.budhanilkanthamun.gov.np
इमेल: info@budhanilkanthamun.gov.np, budhanilkanthamun@gmail.com

 

तपाइँको प्रतिक्रिया ।