पुष्पलाल स्मृति जयन्तीमा नेकपा एमाले काठमाण्डौ ४ (२ ) ले वृक्षारोपण कार्यक्रम गर्ने

पुष्पलाल स्मृति जयन्तीमा नेकपा एमाले काठमाण्डौ ४  (२ ) ले  वृक्षारोपण कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं, साउन २।

 नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संस्थापक नेता कमरेड पुष्पलाल स्मृति जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिने भएको छ ।नेकपा एमाले  प्रदेश निर्वाचन समन्वय समिति क्षेत्र नं. ४(२) को आयोजनामा हुने  उक्त कार्यक्रम बुधानिलकण्ठ नगरपालिका–२ स्थित रुद्रेश्वर  मन्दिर परिसरमा हुनेछ ।

कार्यक्रम बिहान ७:०० बजे सुरु हुने सो  वृक्षारोपण कार्यक्रममार्फत वातावरण संरक्षणको सन्देश दिँदै कमरेड पुष्पलालको योगदानलाई स्मरण गरिएको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा सहभागिताका लागि  पार्टीका स्थानीय नेता, कार्यकर्ता, युवाहरु तथा स्थानीयवासीलाई आयोजकले  आह्वान गरेको छ ।

तपाइँको प्रतिक्रिया ।