ज्ञान चक्षु इंगलिस स्कुलमा लायन्स क्लवहरुको आयोजनामा बृहत स्वास्थ्य सिविर सम्पन्न
कपन अनलाइन
काठमाडौं, असार ३१।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ज्ञान चक्षु इंगलिस स्कुलमा विभिन्न लायन्स क्लवहरुको आयोजनामा बृहत स्वास्थ्य सिविर सम्पन्न भएको छ।
काठमाण्डौ मेडिकल कलेको सहयोगमा भएको उक्त स्वास्थ्य सिविरमा स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो भने बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन र टोखा नगरपालिका वडा नं ४ का अध्यक्ष धर्म श्रेष्ठ सहित लायन्स लिडरहरुको उपस्थिति रहेको विद्यालयका अध्यक्ष तथा लायन लिडर रमेश श्रेष्ठले जानकारी दिएका छन।
सेवा, नेतृत्व र सद्भावको मूल मर्म सहित आयोजना भएको सो सिविरमा Lions club of Kathmandu youth for Development,Lions club of Kathmandu youth for Harmony,Lions club of Kathmandu youth for leadership,Lions club of Kathmandu youth for progress,Lions club of Kathmandu youth for Service लगायतको सक्रिय भूमिका रहेको श्रेष्ठले बताए।
