धुम्बाराही चोकमा होटल स्मार्ट संचालनमा आयो , महानायक राजेश हमालले उद्घाटन गरे

धुम्बाराही चोकमा होटल स्मार्ट संचालनमा आयो , महानायक राजेश हमालले उद्घाटन गरे

काठमाण्डौँको धुम्बाराही  चोकमा  अवस्थित होटल स्मार्टको महानायक राजेश हमाल सहित बिभिन्न सेलीब्रेटीहरुको सहभागितामा सञ्चालनमा आएको छ ।

करिब ४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा सहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रुप टप गार्डेन र रेष्टुरेन्ट छ ।
युवा ब्यावसायी  सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको सो होटल  उद्घाटन महानायक राजेश हमालले होटलको मुख्य प्रवेशद्धारको  पानसमा बत्ती बाल्दै रिवन काटेर गरेका थिए।

भने गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्धार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्धय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर , द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र अर्का सञ्चारकर्मी सुशिल नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।