बेलहिया नाका भएर ग्यास र पेट्रोल नेपाल भित्रियो

बेलहिया नाका भएर ग्यास र पेट्रोल नेपाल भित्रियो

सिद्धार्थनगर (रुपन्देही), १३ असोज । रुपन्देहीको बेलहिया नाका भएर आज दिउँसो ग्यास र पेट्रोल नेपाल भित्रिएको छ ।

timthumb
अहिलेसम्म तीनवटा पेट्रोल टयाङ्कर तथा एउटा ग्यास बुलेट भारतीय नाका सुनौली हुँदै नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । कार्यालय प्रमुख लावण्य ढकालका अनुसार नेपाल र भारतीय भन्सारबीच १२ वटा टयाङ्कर (पेट्रोल र डिजेल) तथा चारवटा ग्यास बुलेट छाड्ने सहमति भएको छ ।

यस विषयमा आज दुवै देशका भन्सार अधिकृतबीच सुनौलीमा सहमति भएको हो । रासस

तपाइँको प्रतिक्रिया ।