बुढानीलकण्ठ नगरपालिकाद्वारा फार्मेसीहरु अनुगमन: तिन फार्मेसी कारवाहीमा
कपन अनलाइन
काठमाण्डौ ,असार २९।
नागरिकहरूलाई सुरक्षित औषधि सेवा सुनिश्चित गर्न बुढानीलकण्ठ नगरपालिकाले गरेको अनुगमनमा सहरी क्षेत्रका ३ फार्मेसीमा कारबाही गरिएको छ।
नगरपालिकाको अनुगमन टोलीले दवाइको ब्याट्र् नियमन नगर्ने, बिना पर्ची औषधि बिक्री गर्ने, र रेकर्ड अव्यवस्थित राख्ने जस्ता उल्लंघनहरू पत्ता लगाएपछि तत्काल कार्वाही गरि सुधारको निर्देशन दिइएको छ।
उप- प्रमुख अनिता लामाले नियमित अनुगमन जारी राखी उल्लंघनमा निःशंक कारबाही गरिने बताउँदै नागरिकहरूलाई पनि बिना पर्ची औषधि खरिद नगर्न र अनियमितता नगरपालिकालाई जानकारी गराउन आग्रह गरेकी छन्।
तपाइँको प्रतिक्रिया ।
