न्यु मिलिनियम कलेजमा महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठानकाे आयोजनामा भानुजयन्ती मनाइयो
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठानकाे आयोजना र न्युमिलिनियम कलेजकाे सहआयाेजनामा २१२ औं भानुजयन्तीकाे उपलक्ष्यमा बाल साहित्यकार डा.छायादत्त न्यौपानेकृत हामी गर्छौं किशोर उपन्यासकाे विमर्श तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
न्युमिलिनियम क्याम्पसका प्राचार्य रुद्र पन्तकाे अध्यक्षता र प्राज्ञ बाबा वस्नेतकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. यादेवी ढकालले हामी गर्छौं शीर्षकको उपन्यास सार्वजनिक गरिएको थियो ।
कृतिमाथि चर्चा गर्दै डा.शैलेन्दुप्रकाश नेपालले हामी गर्छौं कृति किशोर वयका पाठकका लागि पठनीय रहेको बताउदै यसले युवालाई उत्पादनमा लाग्न आग्रह गरेको धारणा राखेका थिए।
त्यस्तै प्रमुख अतिथि प्राज्ञ वस्नेतले यस्ता जीवनाेपयाेगी कृतिले किशोर उमेरका पाठकलाई कर्मक्षेत्रमा समर्पित हुन प्रेरित गरेको बताउदै यस्ता साहित्यिक कृति पढेर देशकाे चौतर्फी विकास कार्यमा सहयोग पुग्ने धारणा राखेकी थिइन।
कृतिकार छायादत्त न्यौपानेले कार्यक्रमकाे आयोजना गर्ने संस्था महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठान , संस्थापक अध्यक्ष सुधा मैनाली , न्युमिलिनियम कलेजका प्राचार्य रुद्र पन्त तथा क्याम्पस परिवारलाई धन्यवाद दिँदै कृति विमर्श कार्यक्रमले आफूलाई बालसाहित्यमा काम गर्ने प्रेरणा मिलेको अनुभव व्यक्त गरेका थिए ।
क्याम्पसकी निर्देशक संयाेजक विष्णु अधिकारीकाे स्वागत मन्तव्य र सुधा मैनालीको सञ्चालन रहेको कार्यक्रममा कवि घन थापा,माया वस्नेत, रुजु केसी ,अनिता लामा, सविता ढकाल, सिर्जना तामाङ, राेशनी राउत लगायत स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरेका थिए।
