जनउद्धार माविमा गुरु पूर्णिमा कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,असार २७/रुबी बोहोरा
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ गाम्चामा अवस्थित जनाउँदा माध्यमिक विद्यालयमा बाल क्लबद्वारा आयोजित गुरुपूर्णिमा कार्यक्रम सबै मिली असार २६ गते सम्पन्न भएको छ।
गुरुको सम्मान र मेहनत को लागि यो कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रमको सञ्चालिका बाल क्लबको गत वर्षको सचिव निरुता थापा ले गर्नुभएको हो। यस कार्यक्रममा विभिन्न विद्यार्थीहरूको नृत्य प्रस्तुत गरिएको थियो।
यस कार्यक्रममा गुरु गुरुआमा हरूलाई सम्मानका साथ माला लाउने तथा विद्यार्थीहरूद्वारा बनिएको अभिवादन कार्ड र सानो उपहारद्वारा सम्मान गरिएको हो। गुरु गुरुआमा हरूले मनोरञ्जनको लागि केही खेल पनि खेल्नुभएको हो।
विद्यार्थीहरूद्वारा तयारी गरेको खाजा गुरु गुरुआमा हरूले मिठो मानेर खानुभयो। अन्त्यमा विद्यार्थी र गुरु गुरुआमाहरू सबै मिली नाचगान गरेर यो कार्यक्रम सम्पन्न गरियो। जनउद्दार माविका विद्यार्थीहरूले लामो समयदेखि यस कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा आज २०८२ साल असार महिना २६ गते पनि सभ्यपूर्वक यस कार्यक्रम सम्पन्न भएको छ।
(रुबी बोहोरा जनउद्धार माविमा अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )