बुढानिलकण्ठ -१२ मा रास्ट्रीय स्वतन्त्र पार्टीको हस्ताक्षर अभियान, करिव २ हजार हस्ताक्षर संकलन

बुढानिलकण्ठ -१२ मा रास्ट्रीय स्वतन्त्र पार्टीको हस्ताक्षर अभियान, करिव २ हजार हस्ताक्षर संकलन

कपन अनलाइन

काठमाडौं,असार २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रास्ट्रीय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको छ।

केन्द्रीय सभापति रवी लामिछानेलाई राजनीतिक प्रतिसोध विरुद्ध गरिएको उक्त हस्ताक्षर वडा नं १२ का विभिन्न स्थानमा संकलन गरिएको थियो।

हस्ताक्षर संकलन अभियनका  सचीव प्रमोद न्यौपाने, क्षेत्र नम्बर  ५ का नेता डा. प्रणय राणा, बुढानिलकण्ठ नगर सचिव चिरञ्जीवी पाण्डे लगायतको उपस्थितिमा भएको हस्ताक्षर संकलन कार्यक्रममा १९६० जनाले सहभगिता जनाएको वडा नं १२ का सभापति गोविन्द कोइरालले जानकारी दिएका छन।

उक्त अवसरमा फैकामा १०३१ जना र आदर्शनगरस्थित हरिशंकर चोकमा ९२९ जनाले अभियानमा हस्ताक्षर गरेका थिए। त्यस्तै२८ गते शनिबार बिहान ७ बजे देखि १२सम्म दुर्गा मन्दिरमा र दिउँसो २ बजे देखि बेलुका ७ बजे सम्म खरिबोट चोकमा हस्ताक्षर अभियान सञ्चालन हुने सभापति कोइरालाले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।