अरुणिमाका एसइइ उत्रिण विद्यार्थीहरू सम्मानित

अरुणिमाका एसइइ उत्रिण विद्यार्थीहरू सम्मानित

कपन अनलाइन

काठमाडौं,असार २२।

काठमाडौँको बौद्धस्थित अरुणिमा शैक्षिक प्र्रतिष्ठानले २०८१ सालको एस.ई.ई. पूरा गरेका विद्यार्थीहरूलाई एक समारोहका बीच अभिनन्दन गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षता तथा इन्जिनियर  सुरेश कुमार पुडासैनीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले उपस्थित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा अतिथिहरूलाई स्वागत गरेका थिए।अरुणिमा मा.वि., बौद्धका ११६ जना, नव अरुणिमा मा.वि., आरुबारीका ३७ जना र अरुणिमा शिक्षा सदनमा.वि., महाङ्कालका३६ जना विद्यार्थीहरू गरी जम्मा १८९जना विद्यार्थीहरू उक्त समारोहमा अभिनन्दित भएका थिए ।

सो अवसरमा उच्चतम जिपिए प्राप्त गर्ने विद्यार्थीहरू  युनिशा चौलागाईं र  स्मृति तिमिल्सिना (अरुणिमा मा.वि., बौद्ध),  सभ्यता श्रेष्ठ (नव अरुणिमा मा.वि. आरुबारी) र  प्रतिष्ठा कोइराला (अरुणिमा शिक्षा सदनमा.वि., महाङ्काल) लाई नगद पुरस्कार सहित विशेष अभिनन्दन समेत गरिएको थियो ।

पत्रकारितामा विशेष योगदान पुर्याएका  भएका पत्रकार तथा सर्जक निर्मल अर्याललाई गरिएको अभिनन्दनले कार्यक्रममा थप आकर्षण बढाएकोे थियो ।कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीहरूको परीक्षाफल विश्लेषण गर्नुका साथै प्रतिष्ठानका समग्र  शैक्षिक कार्यक्रमबारे प्रकाश पारेका थिए  ।

उक्त अवसरमा बोल्दै प्रमुखअतिथिले उत्कृष्ट शैक्षिकउपलब्धि हासिल गर्नका निमित्त संस्था सञ्चालक, शिक्षक–कर्मचारी, विद्यार्थीतथाअभिभावक सबैको विशेष भूमिका रहने कुरा उल्लेख गर्दैे विद्यार्थीहरूलाई भविष्यमा उचित विषय छनौट गरी अध्ययन गर्न परामर्श दिएका थिए  ।शैक्षिक क्षेत्रमा अरुणिमाको योगदानको प्रशंसा गर्दै उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाप्रदान गर्ने कार्यमा प्रतिष्ठान निरन्तर लागिरहोस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए ।

नव अरुणिमा मा.वि. का अध्यक्ष  गोपाल प्रसाद बरालर अरुणिमा शिक्षा सदनमा.वि.का अध्यक्षश्रीटुप्रसाद न्यौपानेले विद्यार्थी, शिक्षक–कर्मचारी तथाअभिभावक सबैलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए  । अरुणिमा कलेजका प्रमुख केशवप्रसाद जोशीले कक्षा ११ र १२ मा अध्ययन गर्नका निम्ति उचित विषय तथा गुणस्तरीय विद्यालय छनौटमा चनाखो हुन सल्लाह तथा सुझावदिँदै अरुणिमा माध्यमिकविद्यालय (कक्षा ११ र १२) पनि यसका निम्ति उचित गन्तव्य रहेको कुरा उल्लेख गरेका थिए ।

अरुणिमा अलुम्नाईका अध्यक्ष जितेन्द्र श्रेष्ठले एस.ई.ई. ग्रेजुट्सहरूलाई बधाई प्रदानगर्दै जिन्दगीका धेरै पाइलाहरू पार गर्नका निम्ति हिम्मतका साथलाग्न सल्लाह दिएका थिए।

कार्यक्रमका अध्यक्षले अरुणिमा शैक्षिक प्रतिष्ठानलाई राष्ट्रकैउत्कृष्ट शैक्षिक गुठीका रुपमा स्थापित गर्ने उद्देश्यका साथ अघि बढिरहेको जानकारी गराउँदै सिँगो प्रतिष्ठान परिवारलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै उपस्थित सम्पूर्णमाआभार प्रकट गरेका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।