बुढानीलकण्ठ नगरपालिकामा श्रमिकहरूको लागि Occupational Health प्रवर्धन तथा सचेतना कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ नगरपालिकामा श्रमिकहरूको लागि Occupational Health प्रवर्धन तथा सचेतना कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,असार १९।

बुढानीलकण्ठ नगरपालिकामा कार्यरत श्रमिकहरूको लागि एकदिने पेशागत स्वास्थ्य (Occupational Health) प्रवर्धन तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रममा श्रमिकहरूलाई उनीहरूको कार्यस्थलमा देखिने स्वास्थ्य जोखिमहरू, सुरक्षा उपायहरू, तथा स्वास्थ्य जाँच सम्बन्धी जानकारी प्रदान गरिएको थियो। स्वास्थ्य विशेषज्ञ तथा जनस्वास्थ्यकर्मीहरूले श्रमिकहरूको स्वास्थ्य परीक्षण समेत गरेका थिए।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख अनिता लामाले श्रमिकहरूलाई लक्षित गर्दै छोटो कक्षा लिएकी थिइन्, जसमा उहाँले सुरक्षित कार्य वातावरण, श्रमिकहरूको हक अधिकार, र नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सेवाहरूबारे जानकारी दिइन । उपप्रमुख लामाले श्रमिकहरूको स्वास्थ्यमा सुधार ल्याउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन्  ।

नगरपालिका जनस्वास्थ्य महाशाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा करिब १ सय जना श्रमिकहरूको सहभागीता रहेको थियो। कार्यक्रमको उद्देश्य श्रमिकहरूलाई सुरक्षित र स्वस्थ कार्य वातावरणप्रति सजग बनाउनु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रमले श्रमिकहरूबीच स्वास्थ्यप्रति चेतना अभिवृद्धि भएको र आगामी दिनमा यस्ता कार्यक्रमहरू अझ प्रभावकारी ढंगले सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।