शेयर बजार सम्बन्धी ज्ञान प्रदान गर्न ‘इन्भेष्टमेन्ट गुरु’ संचालनमा

शेयर बजार सम्बन्धी ज्ञान प्रदान गर्न ‘इन्भेष्टमेन्ट गुरु’ संचालनमा

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

नेपाली लगानीकर्तालाई शेयर बजार सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
काठमाडौंमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्षमहन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन्।
संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आमनागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो। उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए।
इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिकदुवै माध्यममार्फत् शिक्षा प्रदान गर्नेछ। यसकालागि संस्थाको कार्यालयमा सुविधा सम्पन्न कक्षा कोठा तयार गरिएको छ जहाँ एकसाथ भौतिक र अनलाइन कक्षा सञ्चाल नगर्न सकिने सुविधा छ।
शेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्याङ्कन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने संस्थाले जनाएको छ।
संस्थापक झा स्वयं विगत पाँचवर्षदेखि शेयर सम्बन्धी प्रशिक्षण तथा परामर्श क्षेत्रमा सक्रिय छन्। उनले बताए अनुसार ‘इन्भेष्टमेन्ट गुरु’मार्फत आधारभूतदेखि एड्भान्स स्तरसम्मको शेयर शिक्षा प्रदान गरिनेछ।
निकट भविष्यमा शेयर शिक्षा देशका विभिन्न भागहरूमा विस्तार गर्ने योजना पनि संस्थाले लिएको छ।

तपाइँको प्रतिक्रिया ।