नेकपा एमाले धादिङ प्रथम प्रतिनिधि परिषद सुरु

नेकपा एमाले धादिङ प्रथम प्रतिनिधि परिषद सुरु

कपन अनलाइन

काठमाडौं , असार ७ /नानु कार्की
नेपाल कम्युनिष्ट पार्टी (एमाले), धादिङ नवौ जिल्ला अधिवेशन पश्चात प्रथम प्रतिनिधि परिषद् धादिङबेसीमा सुरुभएकाे छ ।
नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएकाे कार्यक्रमकाे नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष त्रिपाठीले पार्टीको संगठन, सदस्यता तथा जिल्लामा अन्य पार्टीकाे उपस्थितिकाे विश्लेषण सहितकाे राजनीतिक तथा साँगठनिक प्रतिवेदन पेश गर्नुभयाे । एमालेले बैंकिङ काराेबारमात्र गरेकाे, भाैचर उठाएएकाे र स्पष्ट अार्थिक गतिविधि रहेकाे दुवाडिले जानकारी दिएका छन ।

नेकपा एमाले धादिङ लेखा आयाेगका उपाध्यक्ष गाेकर्ण दुवाडीले कार्थिक प्रतिवेदन पेश गर्नुभयाे ।
उद्घाटन समाराेमा नेकपा एमाले केन्द्ीय सदस्य खेम लाेहनी, जानुका सिंखडा, केन्द्रीय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटि सचिव नवराज सिलवाल लगायतकाे आतिथ्य रहेकाे छ । प्रतिनिधि परिषदमा एमालेका पुराना नेताहरुलाई १३ पालिकाका २६ जनालाई सम्मान गरेकाे नेकपा एमाले सचिव राधिका सापकाेटाले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।