नेपाल स्काउटको ७४ औं स्थापना दिवसको उपलक्ष्यमा बुढानीलकण्ठमा बृहत-प्रभातफेरी
कपन अनलाइन
काठमाण्डौ ,असार ५।
नेपाल स्काउटको ७४ औं स्थापना दिवसको उपलक्ष्यमा बुढानीलकण्ठमा बृहत प्रभातफेरी आयोजना गरिएको छ।
बुढानीलकण्ठमा नगर स्काउटको आयोजनमा नगरपालिकामा रहेका विभिन्न स्काउट ट्रुपहरुले नगरका विविध्ग स्थानमा प्रभातफेरी सहित मार्च पास गरेर नगरपालिकाको प्रांगणमा भेला भएका थिए ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा ,लेखा प्रमुख केदार प्रसाद देवकोटा, सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनी सहित स्काउट मास्टर तथा सदस्यहरुको उपस्थिति रहेको नगर समितिका अध्यक्ष गंगालाल महर्जनले जानकारी दिएका छन ।
नेपाल स्काउटको स्थापना विसं २००९ सालमा भएको हो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

