बुढानिलकण्ठ नगरपालिकालाई नेकपा माओवादी केन्द्रको ज्ञापन पत्र, के के छन मागहरु ?
कपन अनलाइन
काठमाण्डौ ,असार ५।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीले बुढानिलकण्ठ नगरपालिकालाई विभिन्न मागहरु सहित ज्ञापन पत्र बुझाएको छ। नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु सहित पुगेको टोलीले नगर प्रमुख मिठाराम अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बुढानिलकण्ठ नगर इन्चार्ज कुमार बोगटी तथा नगर कमिटी अध्यक्ष भाइ नारायण श्रेष्ठको हस्ताक्षर रहेको सो ज्ञापनपत्र हस्तान्तरणको अवसरमा प्रदेश समितिका नेताहरु अ्मर बिक, डम्बर अधिकारी, राजेन्द्र श्रेष्ठ, उद्दव चौलागाई,शिव बजगाई लगायतको उपस्थिति रहेको थियो।
उक्त ज्ञापन पत्रमा योजना छनौट र कार्यन्वयनमा राजनीतिक दलको सहभागिता हुनुपर्ने, खरिद शाखाबाट खरिद गरिएका सामानहरुको मुल्य सार्वजनिक हुनुपर्ने, नेवारी र तामाङ भाषालाई कामकाजी भाषाका रुपमा प्रयोग गर्नुपर्ने सहित विभिन्न मागहरु समेटिएको इन्चार्ज बोगटीले कपन अनलाइनलाई जानकारी दिएका छन ।
ज्ञापनपत्र :





