नेपाल चार्टर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्काउट पोशाक वितरण
कपन अनलाइन
काठमाण्डौ ,असार १।
नेपाल चार्टर आधारभूत विद्यालयका विद्यार्थी हरुलाई स्काउट पोशाक वितरण गरिएको छ। विद्यालयमा आयोजनागरिएको एक कार्यक्रममा विद्यार्थीहरुलाई स्काउट पोशाक वितरण गर्नुका साथै शिक्षक शिक्षिकाहरु संग कार्यसम्पादन मुल्यांकन समेत गरिएको छ।
विद्यालयका प्रधानाध्यापक बलराम फुंयालको अध्यक्षता तथा बुढानिलकण्ठ नगर उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोशाक वितरण गरिएको थियो भने सो विद्यालयमा अध्यापन गरिरहेका शिक्षक शिक्षिकाहरु संग कार्यसम्पादन समेत गरिएको हो।
सो कार्यक्रममा नगरपालिकाको शिक्षा , खेलकुद तथा युवा महाशाखा प्रमुख ललित विक्रम सिंह, नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनी, विद्यालय व्यवस्थापन समिती अध्यक्ष चन्द्रमान श्रेष्ठ, श्रोत व्यक्ति जय कुमार श्रेष्ठ,बुढानिलकण्ठ स्काउटका राजाराम भण्डारी, राज खड्का ,स्वस्तिक कार्की लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै उक्त अवसरमा पन्च वर्षिय बिद्यालय सुधार योजना २०८२-०८७ सार्वजनिक तथा अनुमोदन समेत गरिएको थियो।