राराहिललाई केभीसी एसइइ कप थ्री बाइ थ्री छात्र बास्केटबलको उपाधि
कपन अनलाइन
काठमाण्डौ ,असार १।
राराहिलले केभीसी एसइइ कप थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
स्युचाटारस्थित काठमाडौं भ्याली कलेज (केभीसी) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा राराहिलले ग्रिनफिल्डलाई २०–१७ ले पराजित गर्यो । राराहिलका मनोज ओलीले ११ अंक जोडे । मनोज नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
त्यसअघि सेमिफाइनलमा राराहिलले केभीसीलाई १९–१३ तथा ग्रिनफिल्डले विस्डमलाई १३–८ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
विजेतालाई केभीसीका अध्यक्ष डा. स्वागत श्रेष्ठ र प्रिन्सिपल संगीता श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । एकदिने प्रतियोगितामा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।