एचएचसीए र भ्याली पब्लिकलाई निब्स कपको उपाधि

एचएचसीए र भ्याली पब्लिकलाई निब्स कपको उपाधि

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

ए र भ्याली पब्लिक ‘ए’ ले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको शनिबार जितेका छन् । एचएचसीए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गल्र्समा च्याम्पियन बने ।
म्ण्डिखाटारस्थित आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) कोर्टमा भएको ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई २१–१४ ले पराजित ग¥यो । एचएचसीएका सुशान्त बमजनले १०, डेविड राईले ६ र दिशान्त राईले ५ स्कोर गरे । विजेता टोलीको प्रशिक्षकमा सागर श्रेष्ठ थिए ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १८–१५ ले हरायो । विजयी टिमका लागि एलिना गौचनले ७, लोरिशा गौचनले ५, अनिता गुरुङले ४ र दृष्ना नेपालले २ अंक जोडे । पूर्ण न्यौपानेले भ्याली पब्लिक ‘ए’ को प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजारका दरले नगद पुरस्का पाए । ब्वाइजमा एचएचसीएका सुशान्त बमजन तथा गल्र्समा भ्याली पब्लिक ‘ए’ की एलिना गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई बूढानीकलण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, बूढानीकलण्ठ नगरपालिका वडा ९ की अध्यक्ष सुमित्रा त्रिपाठी, नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो, निब्स विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेनु महतो, काठमाडौं प्याब्सनका सह–सचिव नारायण रोक्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।