योङ्ग कम्युनिस्ट लिग (YCL ) को उपाध्यक्षमा बुढानिलकण्ठका अरुण क्षेत्री

योङ्ग कम्युनिस्ट लिग (YCL ) को उपाध्यक्षमा बुढानिलकण्ठका अरुण क्षेत्री

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० निवासी अरुण क्षेत्री योङ्ग कम्युनिस्ट लिग (YCL ) को उपाध्यक्षमा निर्वाचित भएका छन। यहि जेष्ठ १८ गते देखि २१ गते सम्म चलेको योङ्ग कम्युनिस्ट लिग (YCL ) को तेश्रो रास्ट्रीय सम्मेलनबाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन्।

सो सम्मेलनबाट पुष्प ओली अध्यक्ष र गणेश शाही महासचिव सहित ७५ सदस्यीय पदाधिकारी र ३५१ सदस्य रहेको केन्द्रीय कमिटी चयन गरिएको थियो।

यस अघि केन्द्रीय सचिव रहेका क्षेत्री वडा नं १० मा रहेको बाल उद्दार माविमा व्यवस्थापन समिती सदस्य रहिसकेका छन भने नगरपालिकाका विभिन्न संघ संस्थाहरुमा पनि क्रियाशील रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।