ब्याडमिन्टनको स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्व्पि
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
कर्मचारी खेलकुद प्रतियोगिताको १४ औं संस्करणअन्तर्गत ब्याडमिन्टनको स्वर्णमा नेपाल विद्युत प्राधिकरणले शुक्रबार क्लिन स्विप गरेको छ। ब्याडमिन्टनमा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
हात्तिगौडास्थित ¥र्याकेट एन्ड रोल ब्याडमिन्टन हलमा भएको पुरुष÷महिला सिंगल्समा क्रमशः भक्तराज जोशी र अम्किा सापकोटा पहिलो भए । फाइनलमा भक्तराजले विद्युतकै मंगेश तामाङलाई २१–१२, २०–२२ र २२–२० को सोझो सेटमा पराजित गरे । कृषि विकास बैंकका टक्कर कुँवर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कालजंग लामा तेश्रो भए ।
अम्बिाले फाइनलमा नेपाल कृषि विकास बैंककी दीपिका राईलाई २१–८ र २१–९ को सोझो सेटमा हराइन् । कृषिकी प्रतिक्षा नेपाल र नागरिक उड्डयनकी सरला श्रेष्ठले कांस्य हात पारे ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा राजु महर्जनले विद्युतकै रत्न श्रेष्ठलाई २१–१०, १४–२१ र २१–११ ले हराउदै पहिलो बने । नेपाल वायुसेवा निगमका घनश्याम भट्ट र नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डे तेश्रो बने ।
एक्सिक्युटिभ डबल्समा बासु कलाउनी र लोकेन्द्र साउदको जोडी पहिलो स्थानमा रहे । उक्त जोडीले फाइनलमा विद्युतका विष्णु गैरे र युकेश श्रेष्ठको जोडीलाई १७–२१, २१–८ र २१–१८ को सेटमा पन्छाए । नेपाल प्रज्ञा प्रतिष्ठानका इन्द्रप्रसाद सुवेदी÷राजेन्द्रकुमार शाही ठकुरी तथा नागरिक उड्डयनका सन्तुष्तकुमार बस्नेत÷रमेशबहादुर कुँवरको जोडीले कांस्य जिते ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा राजु महर्जन÷रत्न शाक्यको जोडी पहिलो, विद्युतका छविलाल भट्टराई÷विष्णु मास्केको जोडी दोश्रो तथा नागरिक उड्डयनका रमेशबहादुर कुँवर÷देवेन्द्रप्रसाद पाण्डे र जनक शिक्षा सामाग्री केन्द्रका जनक भारती÷रामविनय श्रेष्ठको जोडी तेश्रो भए । पुरुष डबल्समा विनोद अधिकारी÷भक्तराज जोशीको जोडीले स्वर्ण, कृषिका टक्कर कुँवर÷राजकुमार निरौलाको जोडीले रजत तथा नेपाल टेलिभिजनका सुदीप बुढाथोकी÷रामकुमार थापा र विद्युतका श्याम महर्जन÷विष्णु मास्केको जोडीले कांस्य जिते ।
