राजा वीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्रस्ताव आज झन सान्दर्भिकः प्रतिष्ठान
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २०।
राजावीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्रस्ताव आज झन सान्दर्भिक भएको सरोकारवालाहरुले बताएका छन् । स्वर्गीय राजावीरेन्द्र शान्ति प्रतिष्ठानले राजावीरेन्द्रको २४औं स्मृति सभाको अवसरमा ललितपुरको जावलाखेल स्थित वीरेन्द्रको सालिकमा माल्यापर्ण तथा दीप प्रज्वलन कार्यक्रममा सो कुरा बताइएको हो ।
नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजावीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न सबैको सहयोग र एकता आवश्यक रहेको प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले बताए । उनले एकातिर राजनीतिअस्थिरता र ध्रुविकरण बढिरहेको छ र अर्काे तर्फ देशमाशान्ति र अमनचैन खल्बलिएको अवस्थामा राजावीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकताझन बढ्दै गएको बताए । राजा वीरेन्द्रले विकासका लागि ५ विकास क्षेत्रको अवधारणा ल्याएका थिए । त्यसले विकासलाई विकेन्द्रीकृत गर्दा सबै क्षेत्रगतविकास अगाडि बढ्ने हुँदा राजा वीरेन्द्र विकासका लागि पनि उत्तिकै क्रियाशील र दुुरदर्शी थिए भन्ने प्रष्ट हुने कुरा बताए ।
प्रतिष्ठानका सचिवतथा नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले राजावीरेन्द्रले शान्ति सँगसँगै विकासप्रेमीको पनि पहिचान बनाएको स्मरण गर्दै विश्वमा विभिन्न देशहरु बीच द्वन्द र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका दुत राजावीरेन्द्रको अभियानलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।
राजावीरेन्द्रले आफ्नो राज्याभिषेकको समापन कार्यक्रममा औपचारिक रूपमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए । राजनीतिक रूपमा स्थिरताका लागि शान्ति चाहिने भन्दै नेपालले असंलग्न विदेश नीतिअँगाल्ने धारणा राखेका थिए । राजा वीरेन्द्रले हामीलाई सुरक्षा, शान्ति, स्वतन्त्रता र विकासका लागि शान्ति चाहिन्छ भन्ने भनाई थियो ।
नेपालको तर्फबाट राजा वीरेन्द्रको उक्त प्रस्तावलाई अमेरिका, चीन, फ्रान्स र बेलायतसहित ११६ भन्दा बढी देशले समर्थन गरेका थिए । राजावीरेन्द्रले प्रस्ताव राखे लगत्तै चीन र पाकिस्तानले त्यसलाई स्वागत गरेका थिए । तर छिमेकी मुलुक भारतले त्यस प्रस्तावलाई अस्वीकार गरेकाले आज पनि त्यो प्रस्तावले पूर्णता पाएको छैन ।
राजा वीरेन्द्रले वि.सं. २०३१ सालदेखि २०५८ सालसम्म नेपालको शासन गरेका थिए । उनको शासनकालमा धेरै सरकारी विद्यालय, विश्वविद्यालयहरु, उद्योग, प्रतिष्ठानहरु, राजमार्गहरु बनेका थिए । त्रिभुवन विश्वविद्यालयको विस्तार, प्राविधिक शिक्षाको विकास र शिक्षामापहुँचविस्तार पनिभएको पाइन्छ । साथै जनताको चाहनाअनुसार राज्यचलाउन पर्छ भन्ने मान्यता राख्ने राजाले वि.सं. २०४७ को संविधान घोषणा गरेका थिए ।
उनको शासनकालमा नेपाललामो समयसम्म छिटफुट घटना बाहेक राजनीतिक स्थिरता रह्यो । यद्यपि, लोकतान्त्रिक अधिकारहरूको दृष्टिले आलोचनाबाट भने अछुतो रहेन । वि.सं. २०५८ जेठ १९ गते राती राजदरबार हत्याकाण्डमा राजावीरेन्द्र, रानी ऐश्वर्या लगायत राजपरिवारको वंशनाशभएको थियो । उनको जन्मवि.सं. २००२ सालपुष १४ गते भएको थियो ।
