राजा वीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्रस्ताव आज झन सान्दर्भिकः प्रतिष्ठान

राजा वीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्रस्ताव  आज झन सान्दर्भिकः प्रतिष्ठान

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २०।

राजावीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्रस्ताव आज झन सान्दर्भिक भएको सरोकारवालाहरुले बताएका छन् । स्वर्गीय राजावीरेन्द्र शान्ति प्रतिष्ठानले राजावीरेन्द्रको २४औं स्मृति सभाको अवसरमा ललितपुरको जावलाखेल स्थित वीरेन्द्रको सालिकमा माल्यापर्ण तथा दीप प्रज्वलन कार्यक्रममा सो कुरा बताइएको हो ।

नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजावीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न सबैको सहयोग र एकता आवश्यक रहेको प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले बताए । उनले एकातिर राजनीतिअस्थिरता र ध्रुविकरण बढिरहेको छ र अर्काे तर्फ देशमाशान्ति र अमनचैन खल्बलिएको अवस्थामा राजावीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकताझन बढ्दै गएको बताए । राजा वीरेन्द्रले विकासका लागि ५ विकास क्षेत्रको अवधारणा ल्याएका थिए । त्यसले विकासलाई विकेन्द्रीकृत गर्दा सबै क्षेत्रगतविकास अगाडि बढ्ने हुँदा राजा वीरेन्द्र विकासका लागि पनि उत्तिकै क्रियाशील र दुुरदर्शी थिए भन्ने प्रष्ट हुने कुरा बताए ।

प्रतिष्ठानका सचिवतथा नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले राजावीरेन्द्रले शान्ति सँगसँगै विकासप्रेमीको पनि पहिचान बनाएको स्मरण गर्दै विश्वमा विभिन्न देशहरु बीच द्वन्द र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका दुत राजावीरेन्द्रको अभियानलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।

राजावीरेन्द्रले आफ्नो राज्याभिषेकको समापन कार्यक्रममा औपचारिक रूपमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए । राजनीतिक रूपमा स्थिरताका लागि शान्ति चाहिने भन्दै नेपालले असंलग्न विदेश नीतिअँगाल्ने धारणा राखेका थिए । राजा वीरेन्द्रले हामीलाई सुरक्षा, शान्ति, स्वतन्त्रता र विकासका लागि शान्ति चाहिन्छ भन्ने भनाई थियो ।

नेपालको तर्फबाट राजा वीरेन्द्रको उक्त प्रस्तावलाई अमेरिका, चीन, फ्रान्स र बेलायतसहित ११६ भन्दा बढी देशले समर्थन गरेका थिए । राजावीरेन्द्रले प्रस्ताव राखे लगत्तै चीन र पाकिस्तानले त्यसलाई स्वागत गरेका थिए । तर छिमेकी मुलुक भारतले त्यस प्रस्तावलाई अस्वीकार गरेकाले आज पनि त्यो प्रस्तावले पूर्णता पाएको छैन ।

राजा वीरेन्द्रले वि.सं. २०३१ सालदेखि २०५८ सालसम्म नेपालको शासन गरेका थिए । उनको शासनकालमा धेरै सरकारी विद्यालय, विश्वविद्यालयहरु, उद्योग, प्रतिष्ठानहरु, राजमार्गहरु बनेका थिए । त्रिभुवन विश्वविद्यालयको विस्तार, प्राविधिक शिक्षाको विकास र शिक्षामापहुँचविस्तार पनिभएको पाइन्छ । साथै जनताको चाहनाअनुसार राज्यचलाउन पर्छ भन्ने मान्यता राख्ने राजाले वि.सं. २०४७ को संविधान घोषणा गरेका थिए ।

उनको शासनकालमा नेपाललामो समयसम्म छिटफुट घटना बाहेक राजनीतिक स्थिरता रह्यो । यद्यपि, लोकतान्त्रिक अधिकारहरूको दृष्टिले आलोचनाबाट भने अछुतो रहेन । वि.सं. २०५८ जेठ १९ गते राती राजदरबार हत्याकाण्डमा राजावीरेन्द्र, रानी ऐश्वर्या लगायत राजपरिवारको वंशनाशभएको थियो । उनको जन्मवि.सं. २००२ सालपुष १४ गते भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।