युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कास्य पदक विजेता सुरेशलाई बधाई
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १५।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कास्य पदक विजेता सुरेश चुनारालाई बुधबार बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सुरेशलाई स्वागत गर्नुका साथै सदस्य–सचिव घिसिङले सफलताका लागि बधाई दिदै आगामी यात्राका लागि शुभकामना दिए ।
भारतको नयाँ दिल्लीमा मे २१ देखि २६ तारिखसम्म भएको प्रतियोगितामा सुरेशसहित नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सुजित यादव र रामकिशोर यादव पदकविहीन बने ।
कार्यक्रममा राखेप सदस्य समेत रहनु भएका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्र बस्नेत, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसीलगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।
