नेसनल प्याव्सन बुढानिलकण्ठको पदस्थापन सम्पन्न, अध्यक्षमा सुदीप काफ्ले
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १०।
नेसनल प्याव्सन बुढानिलकण्ठको पदस्थापन सम्पन्न भएको छ। नेसनल प्याव्सनकी रास्ट्रीय अध्यक्ष गीता राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका हुन्।
बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, नेसनल प्याव्सनका पुर्व अध्यक्षहरु कर्ण बहादुर शाही, ऋतुराज सापकोटा , बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, महासचिव प्रताप थापा, सचिव तेन्जिङ्ग भुटिया , केन्द्रीय सदस्य राजेश्वर तिवारी लगायतको उपस्थितिमा भएको समरोहमा नव निर्वाचित अध्यक्ष सुदिप काफ्ले, उपाध्यक्ष सुस्मिता मैनाली र सचिव गोविन्द सिंह धामीले पदस्थापन गरेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको मिलनचोक पार्टी भेन्युमा भएको समारोहमा कोषाध्यक्ष किरण खड्का, सह कोषाध्यक्ष बेनी बहादुर खड्का , सह सचिव नारायण चौलागाई र सदस्यहरु रुकेश तामाङ ,रमेश भण्डारी र युवक तिम्सिनाको पदस्थापन भएको थियो ।
