डा भट्टराईद्धारा पार्टी परित्याग

काठमाडौँ, ९ असोज । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरी डा भट्टराईले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

नेपालको राजनीतिमा ४० वर्षसम्म सक्रियतापूर्वक काम गरेको जनाउँदै उहाँले अब स्वतन्त्र नागरिक भएर बस्ने इच्छा व्यक्त गर्नुभएको छ ।

गोरखा क्षेत्र–१ बाट संविधानसभा सदस्यमा निर्वाचित डा भट्टराईले अब संसद्को सदस्यसमेत नरहने स्पष्ट पार्दै सभामुखसमक्ष राजीनामा पेस गरेको जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।