बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा योग प्रशिक्षक तालिम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ, बैशाख २०।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र योगप्रेमी परिवार नेपालको आयोजनामा १०० घन्टे योग प्रशिक्षण सहयोगी तालिम सम्पन्न भएको छ। वडा -१२ वासीहरुको स्वास्थ्य जागरणका लागि आयोजना गरिएको सो प्रशिक्षणमा ३८ जनाले योग प्रशिक्षकको तालीम लिएका थिए।
योग दर्शन, योग तथा प्राकृतिक चिकित्सा ,भोजन तथा पोषण शरीर रचना तथा कृया बिज्ञान र प्रयोगात्मक योग अभ्यास लगायतका विषयहरुमा कक्षा संचालन गरिएको सो प्रशिक्षणको बैशाख १९ गते समापन पुजा तथा बैशाख २० गते औपचारिक समापन गरिएको थियो ।
उक्त योग प्रशिक्षणमा डा. हरि प्रसाद पोखरेल,डा. सुमित्रा घिमिरे, भानुभक्त दाहाल,,राजु घिसिङ प्रमुख प्रशिक्षक रहेका थिए भने योग प्रेमी परिवारका भिम प्रसाद आचर्य,पदम बहदुर कार्की ,निरु भट्टराई ,सुनोज श्रेष्ठ र भरत गुरुङले विभिन्न विषयको प्रशिक्षण प्रदान गरेका थिए। उक्त प्रशिक्षणको समापन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि रहेका थिए भने वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई , वडा सदस्य तथा नगर कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनी , वडा सदस्य मिना बयलकोटी, इश्वरी भट्टराई , वडा सदस्य डिल्ली प्रसाद खतिवडा , समाजसेवी रवि प्रसाद पौडेल सहित विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
