गजल : नवशिला

गजल : नवशिला

कपन अनलाइन

काठमाण्डौ, बैशाख २०।

तिनैले फगत एक प्याला पिलाए,
तिनैले मलाई नसामा डुबाए ।

हमेसा म तिम्रो साथी हुँ भन्दै,
तिनैले मेरो यो हालत बनाए ।

थिईन खराब न थिएँ सराबी,
गरेर अनेक मलाई रुवाए ।

बनाएर दोषी गरे जालझेल,
अनि साँचो सत्य तिनैले छुपाए ।

दिलाई भरोषा गरे झुठो बाचा,
पागल बनाई तिनैले सुताए ।

रहेछु म लाटो ढाँटेको नबुझ्ने,
मलाई अनेकौँ सपना देखाए ।

म तिम्रो हुँ साथी फकाएर भन्थे
सधैँ हेर बेहाल उनले बनाए ।

दिए आज धोका खुबै जाल गर्दै
गरी छल अनेकौं मलाई रुवाए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।