बाल विकास बोर्डिङ हाई स्कुलमा मातृ औँसीको अवसरमा विविध कार्यक्रम सम्पन्न

बाल विकास बोर्डिङ हाई स्कुलमा मातृ औँसीको अवसरमा विविध कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ, बैशाख १७  ।

काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलले विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने क्रममा मिति २०८२-२-१४ गते मातृ औँसीको अवसरमा विभिन्न खालका रचनात्मक प्रतियोगिता सम्पन्न गर्यो । सम्पूर्ण मातृ शक्तिप्रति समर्पित गरी आयोजना गरिएको यस कार्यक्रममा दुई चरणका प्रतियोगिता आयोजना गरिएका थिए । पहिलो चरणमा आमाको महत्त्व झल्किने र महिमा गाउने खालका कथनहरू समावेश गरी मातृ उत्सवको अवसरमा  आमालाई शुभकामना सन्देश दिने खालका ग्रिटिङ कार्ड बनाउने प्रतिस्पर्धा आयोजना भएको थियो भने दोस्रो चरणमा आमाको फोटो बनाउने प्रतिस्पर्धा आयोजना भएको थियो ।

उत्साहजनक रूपमा विद्यार्थीको सहभागिता भएका उक्त प्रतिस्पर्धाहरूमा विद्यार्थीहरूद्वारा तयार पारिएका सामग्रीहरू अत्यन्तै चित्ताकर्षक थिए । पहिलो चरणको कार्यक्रममा पूर्व प्राथमिक तहबाट ल्हामु तामाङ ,काव्या पराजुली र युनिशा थापा  क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी प्राथमिक तहबाट कृतिका चन्द , दिक्षेन तितुङ र सन्दीप नेपाली क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थानको  दाबेदार बन्न सफल भएका थिए भने एन्जोल शाही , सुस्मिता गिरी र रिसिका भण्डारी क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थान ओगट्न सफल भएका थिए । दोस्रो चरणको आमाको फोटो बनाउने कार्यक्रममा रिन्चेन तितुङ, अंशु श्रेष्ठ र रुबेन श्रेष्ठले क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरी अग्रता कायम गरेका थिए ।

विजयी विद्यार्थीहरूप्रति  अतिरिक्त क्रियाकलाप संयोजक सुकमान लामा , विद्यालयका कार्यवाहक प्रधानाध्यापक दिनेश श्रेष्ठ र विद्यालय संयोजक लक्ष्मण तितुङबाट पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरी उनीहरूको रचनात्मक क्षमताप्रति नतमस्तक हुँदै हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।