सुन्दरबस्तीमा बैशाख १३ गते सनिवार निशुल्क स्वास्थ्य सिविर हुने
कपन अनलाइन
काठमाण्डौ, बैशाख १२।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ सुन्दरबस्तीमा बैशाख १३ गते सनिवार निशुल्क स्वास्थ्य सिविर हुने भएको छ।
पुस्तान्तरण नेपालको आयोजनामा वडा नं ८ सुन्दरबस्तीमा रहेको नेक्स्ट मार्टमा बिहान ८ बजेदेखि १ बजे सम्म संचालन हुने सो सिविरमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच हुने आयोजकले जानकारी दिएको छ।
जनमैत्री युवा क्लवको सहकार्यमा हुने सो सिविरमा रक्तचाप, मधुमेह सहित विभिन्न मनोपरमर्श समेत प्रदान गरिने जनमैत्री युवा क्लवका अध्यक्ष निश्चल अधिकारीले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।