वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने, प्रचण्डले उद्घाटन गर्ने

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने, प्रचण्डले उद्घाटन गर्ने

कपन अनलाइन

काठमाण्डौ, बैशाख ११ ।

नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा हुने बताइएको छ ।
त्यसैगरी, प्रदेश सम्मेलनहरु जेठ ५ गतेसम्म गरिसक्ने, जसअन्तर्गत बागमतीको वैशाख १७ र १८ गते काठमाडौंमा, विशेष प्रदेशको वैशाख १९ गते काठमाडौंमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदुरपश्चिमको बैशाख २३ र २४ गते धनगढीमा, १ नम्बर प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङको घोराहीमा र मधेशको जेठ ४ र ५ गते गर्ने निर्णय भएको बताइएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाईसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले आजको वाईसीएल २०६२÷०६३ को भूमिकामा मात्रै सीमित नभएर त्यो भन्दा पनि स्मार्ट भइसकेको बताए । तत्कालीन समयमा सडक संघर्षबाट चिनिएको वाईसीएल अहिले बाढी आएको ठाउँमा, भूकम्प गएको ठाउँमा जनताको रक्षाको लागि पुग्ने गरेको बताए । ‘आज हामीलाई चाहिएको स्मार्ट वाईसीएल हो । युवा संगठनको काम ढुंगामुडा मात्रै गर्ने, नारामात्रै लगाउने बुझाइ छ । युवा संगठनको काम यो मात्रै होईन । उत्पादनको क्षेत्रमा पनि युवा संगठनले काम गर्नुपर्छ भनेर हामी लागेका छौं,’– उनले भने । दीपशीखाले अगाडि भने अहिले सरकार बिहिन को अबस्थामा छ , माफियाको इशारा र  हातमा सरकार छ । एमाले को नेता जो भय पनि ओली देसको लागि चाहिदैन , गठबन्धन बारे बोल्दै उनले भने हिज जे जे गल्ति भयो गठबन्धन गर्दा , हिज  गणतन्त्र को लडाइ  ,जनयुद्द लड्दा एक्लै लडियो सफल पनि भयो अब हामि एक्लै लड़ने हो

अध्यक्ष सुवोधराज सेर्पालीले भने, माओवादी केन्द्र र वाईसीएल नेपालले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए । उनले जनतालाई गणतन्त्रबाहेक अर्को कुनै तन्त्रको चाहना नरहेको बताए ।
‘यो देशमा गणतन्त्रप्रति जनता खुसी छन्, जनतालाई अर्को कुनै तन्त्र चाहिएको छैन । व्यवस्थाप्रति जनता सन्तुष्ट छन् । तर, जनताको अवस्था नबद्लिँदा, राजनीतिक घोषणापत्रहरुमा जे कुरा हामीले भन्यौं, ती कुरा सही ढंगले लागू नगर्दा जनतामा जुन खालेको निराशा छ, त्यो निराशा चिर्न वाईसीएल नेपाल र माओवादी केन्द्र दृढतापूर्वक लाग्छ । हाम्रा आफ्ना कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ,’– उनले भने ।
वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनले युवाहरुको मुद्दा सम्बोधन गर्न दवाब सिर्जना गर्ने अध्यक्ष सेर्पालीले विश्वास व्यक्त गरे । अबको दश वर्षलाई विकास, समृद्धि र रोजगारीको वर्ष बनाउनुपर्छ भन्ने वाईसीएल नेपालको धारणा रहेको र तेस्रो राष्ट्रिय सम्मेलन पनि त्यसैअनुकूल अगाडि जाने उनले बताए ।

तपाइँको प्रतिक्रिया ।