त्रिनेत्र विद्या निकेतन बुढानिलकण्ठ -१० को युकेजी दिक्षान्त समारोह सम्पन्न

त्रिनेत्र विद्या निकेतन बुढानिलकण्ठ -१० को युकेजी दिक्षान्त समारोह सम्पन्न

कपन अनलाइन

काठमाडौं , चैत २८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको त्रिनेत्र विद्या निकेतनमा युकेजी दिक्षान्त समारोह सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो दिक्षान्त समरोहमा  युकेजी उत्रिण विध्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालय संचालक समितीका अध्यक्ष इन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको सो दिक्षान्त समरोहमा मा विध्यार्थीहरुले विभिन्न साङितिक तथा रचनात्मक प्रस्तुतिहरु पस्किएका थिए ।

लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको सो विद्यालयको दिक्षान्त समारोहमा विद्यालयका संचालकहरु बद्रि खड्का, सुर्य बहादुर क्षेत्री , विष्णु प्रसाद अधिकारीको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक किरण खड्काले स्वागत मन्तव्य सहित कार्यक्रम माथि प्रकास पारेको सो समारोहमा विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।