प्रथम र दिपालाई स्वर्ण
कपन अनलाइन
काठमाडौं , चैत २६।
नरहरिपुर डोजोकाद्वय प्रथम मानन्धर र दिपा पुन मगर शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा प्रथम र महिलामा दिपा पहिलो भएका हुन् ।
पुरुषमा भक्तपुरका कुशल थापा दोश्रो तथा भक्तपुरका साहस तामाङ र लुभूका साइमल राई तेश्रो भए । महिलामा नगदेशकी मिस्ती श्रेष्ठ दोश्रो तथा लुभूका इतुशा महर्जन र धनबहादुर स्मृति प्रतिष्ठानकी स्नेहा तामाङ तेश्रो स्थानमा रहे ।
नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि ठैबका अजय भोम्जन पहिलो भए । उनले फाइनलमा नगदेशका अंकित खड्कालाई पराजित गरे । टौखेलका उसन तामाङ र नरहरिपुरका देवकुमार ठाकुर तेश्रो बने ।
ललितपुर महानगरपालिकाको सहयोगमा पाटन दरबार स्क्वायरमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नगदेशका विष्णु थापाले स्वर्ण जिते । उनले फाइनलमा नरहरिपुरका सुगन्ध पुनलाई हराए । टौखेलका अजय स्याङतान र ठेचोका प्रमोद मल्लले कांस्य हात पारे ।
प्रतियोगिताको पूर्व मन्त्री प्रकाशशरण महतले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा पुरुष÷महिलमा एकल काता र कुमुतेमा समान ११÷११ गरी २२ स्पर्धा समावेश छन् ।