शिक्षकको पेसागत विकासकाका लागि नेसनल युनाइटेड स्कुल र केयूबिच सहकार्य

शिक्षकको पेसागत विकासकाका लागि नेसनल युनाइटेड स्कुल र केयूबिच सहकार्य

कपन अनलाइन

काठमाण्डौ ,चैत १४।

गुणस्तरीय शिक्षा आजको जल्दोबल्दो आवश्यकता भएको र यसले युग बोधलाई समेट्न सक्नुपर्छ भन्ने मुख्य अभिप्रायका साथ नेसनल युनाइटेड स्कुल र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबिच सहकार्यका लापग सहमति भएको छ ।
विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिइसी)मार्फत विद्यालयको आवश्यकता पहिचान, कार्ययोजना निर्माण, शैक्षणिक कार्यशाला र परामर्श, निरन्तर अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण, विद्यालयको शैक्षिक लेखा परीक्षण जस्ता कार्यसम्पादनार्थ विद्यालयसँग निरन्तर सहकार्य गर्ने र शिक्षकहरूको पेसागत अभिवृद्धि गर्ने उदेश्यले सम्झौता गरिएको हो ।
नेसनल युनाइटेड स्कुलका तर्फबाट प्रिन्सिपल शायरा हमाल र काठमाडौँ विश्वविद्यालयका तर्फबाट डीन प्रा.डा. बालचन्द्र लुइटेलले चैत्र १२ गरे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रा. डा.लुइटेलले यस सहकार्यबाट शिक्षकको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१ औँ शताब्दीका सीपहरू एवम् सेवा आदान प्रदान हुने कुरा व्यक्त गरेका थिए  ।
विद्यालयकी प्रिन्सिपल हमालले विश्वविद्यालयसँगको सहकार्यले शिक्षा आर्जनका निम्ति विद्यालयको ढोकासम्म आइपुगेका सम्पूर्ण बालबालिकाहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने तथा शिक्षक, विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने दृढ विश्वास रहेको बताइन् ।
दुवै पक्षले कार्यक्रमको सफलताको लागि सम्झौता अनुसारको कार्यक्रम तोकिएको समयावधिभित्र कार्यान्वयन गर्ने र यसका लागि आवश्यक वातावरणको तयारी गर्ने कुरामा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।