रास्ट्रिय स्तरको चित्रकला प्रतियोगितामा भक्ति इन्टरनेसनल स्कुलकी बिनिम्शा वाग्लेलाई पुरस्कार
कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको भक्ति इन्टरनेसनल स्कुलकी बिनिम्शा वाग्लेले पुरस्कार प्राप्त गरेकी छन।
Domore Education Hub ले आयोजना गरेको रास्ट्रिय स्तरको चित्रकला प्रतियोगितामा भक्ति इन्टरनेसनल स्कुलको कक्षा ३ मा अध्ययनरत छात्र वाग्लेले नगद पुरस्कार २ हजार सहित सान्त्वना स्थान प्राप्त गरेकी थिइन्।
नियमित पठन पाठन संगै विद्यार्थीहरुको सृजनात्मक विकासका लागि विद्यालयले विभिन्न गतिविधिहरु गर्दै आएको बताउदै प्रधानाध्यापक नवराज भट्टले विजेता वाग्ले सहित पुरस्कार प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गरेका छन ।
तपाइँको प्रतिक्रिया ।